काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र,

पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।
कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।
वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

ए डिभिजन लिगमा आज तीन खेल, पहिलो खेलमा एपीएफ र फ्रेण्ड्स भिड्दै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजबाट १२औं चरणका खेलहरु शुरु हुँदैछन् । आजदेखि दैनिक ३ खेल हुनेछ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले दर्जनभन्दा बढी पटक खेल तालिका परिवर्तन गर्दा आज बिहानैदेखि खेल हुनेछ ।एन्फाले सबै खेल सातदोबाटोस्थित एन्फा कम्पलेक्समै गर्ने जनाएको छ । त्यसैले बिहान मध्याह्न र दिउँसो गरी ३ खेल खेलाउन लागिएको हो ।बिहानै पौने ९ बजे विभागीय टोली एपीएफले फ्रेण्ड्स क्लबसँग खेल्नेछ । रेलिगेसन जोनमा रहेको एपीएफका लागि फ्रेण्ड्सविरुद्धको खेल गर या मरको अवस्थामा छ । ११ खेलबाट ५ अंक मात्र रहेको एपीएफ सरस्वती क्लबभन्दा मात्र अघि छ ।

११ खेलबाट नवौं स्थानमा रहेको फ्रेण्ड्सको लागि शीर्ष ६ मा पर्न पनि यो खेल महत्वपूर्ण छ । एपीएफलाई रहाउन सके फ्रेण्ड्सले छैटौं स्थानको पुलिससँग अंक बराबरी गर्नेछ ।यस्तै दिउँसो सवा १२ बजे हुने खेलमा च्यासल युथ क्लबले रेलिगेसनको अर्को दाबेदार सरस्वती युथ क्लबसँग खेल्नेछ। ११ खेलबाट १२ अंक रहेको च्यासल दशौँ स्थानमा छ भने समान खेलबाट ४ अंक मात्र रहेको सरस्वती अंक तालिकामा पुछारमा छ र रेलिगेसनको दबाबमा छ । एपीएफ जस्तै सरस्वतीको अवस्था पनि दयनिय छ । उता च्यासलको लागि शीर्ष ६ मा पर्न यो खेल जित्नैपर्ने बाध्यता छ ।यस्तै तेस्रो खेल संकटा क्लब र मच्छिन्द्र क्लबबीच दिउँसो साढे ३ बजे शुरु हुनेछ । उपाधिको दाबेदारमध्ये एक मछिन्द्र ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ । साविक उपविजेता संकटा भने १५अंकसहित आठौं स्थानमा छ ।

आजको खेल जित्द मच्छिन्द्रलाई अंक तालिकामा आर्मीलाई उछिन्दै शीर्ष स्थानमा उक्लने अवसर छ । शीर्ष ६ मा पर्न संकटालाई पनि जित आवश्यक छ । आज मच्छिन्द्र विजयी भए उपाधि होड रोमाञ्चक हुनेछ, हारले शीर्ष स्थानको आर्मीलाई फाइदा पुग्नेछ ।समान खेलबाट २६ अंकसहित आर्मी शीर्ष स्थानमा छ । आर्मीले १२औं चरणको खेल मंगलबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । आर्मी र मच्छिन्द्र लिगको अन्तिम खेलमा खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News