काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने

हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन्। सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए। त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो। हरेक टिमसँग दुई÷दुई खेलको शृंखलामा ओमानसँगको दुवै खेलमा भने सन्दीप विकेटविहीन भएका थिए।

सुशनले नेपाललाई दिलाए पाँचाैँ सफलता

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा सुशन भारीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन्। नवौँ ओभरको तेस्रो बलमा एरोन जोन्सलाई बोल्ड आउट गरेका हुन्। सुशनको जारी खेलमा यो व्यक्तिगत दोस्रो विकेट हो।

यसअघि सन्दीप लामिछानेले ३ विकेट लिइसकेका छन्।नवौँ ओभरको समाप्तीमा अमेरिकाले ५ विकेट गुमाउँदै ३० रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News