केही दिन अगाडि मात्र कतारबाट फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त भएका छन् । बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर आएका थिए । उनलाई ज्वरो र रुघाखोकी देखापरेको थियो । परिवारका सदस्यले क्लिनिकबाट औषधि ल्याएर दिएपनि निको

हुन नसकेको वडा अध्यक्ष इनरदेव चौधरीले बताए । यसबारे आफूले मंगलबार बिहान मात्र थाहा पाएको र प्रहरी पचिालन गरेर विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको उनले बताए ।‘कोरोना भाइरसको जस्तै लक्षणहरु देखापरेपछि आफूले प्रहरी परिचालन गरेर विराटनगर पठाएको छु’ उनले भने ।

बीमा कम्पनी पनि बन्द, प्रिमियम तिर्न नसके ब्याज नलाग्ने
काठमाडौं । सरकारले मंगलबारदेखि देशै लक डाउन गरेपछि अत्यावश्यक क्षेत्रको सूचीमा रहेको बीमा कम्पनी पनि बन्द भएका छन् । सबै क्षेत्र लकडाउन गरेपछि मंगलबारदेखि बीमा कम्पनीहरुले सबै आफ्ना कार्यालयहरु बन्द गरेका हुन् । कोरोनाको प्रभाव रहेसम्म बीमा वापतको प्रिमियम शुल्क तिर्न नसकेको अवस्थामा ब्याज भने नलाग्ने भएको छ ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट दिन भनेको हो ।सहज अवस्था भइसके पश्चात १५ दिनभित्रमा शुल्क तिर्न जानेहरुसँग ब्याज नलिन समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुलाई परिपत्र गरेका छन् । यद्यपि, बीमा कम्पनीहरुले भने अत्यावश्यक परेको अवस्थामा विद्युतिय माध्यमबाट बीमा शुल्क तिर्न सकिने बताएको छन् । मंगलबार महालक्ष्मी लाइफ इन्स्योरेन्सले सार्वजनिक सूचना जारी गर्दै शुल्क तिर्नै पर्ने भए विद्युतीय माध्यमबाट तिर्न आग्रह गरेको छ ।

कम्पनीले केहि समस्या परे डेपुटी सीईओ रामेश्वर श्रेष्ठ (९८५१००१८१५), कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला (९८५६०१६५५९) लाई सम्पर्क गर्न भनेको छ । प्रभु लाइफ इन्स्यारेन्सले पनि बीमा सेवाका लागि समिर तामाङ (९८५१०२५५६८) वा बिनिता श्रेष्ठ (९८४११०५८५४) लाई सम्पर्क गर्न भनेको छ । बीमा दावी गर्नु परेको अवस्थामा भने बत्सल ढकाल (९८५११९३१२३) लाई सम्पर्क गर्न प्रभु लाइफ इन्स्यारेन्सले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News