हुबेइ : चिनियाँ स्वास्थ्यकर्मीहरुका अनुसार चीनमा कोरोना संक्रमण लागेर उपचार भएका १४ प्रतिशत बिरामीलाई संक्रमण फेरि बल्झिएको छ । एक अध्ययनले कम्तिमा ३ देखि १४ प्रतिशत पुराना बिरामीमा पोजिटिभ रिपोर्ट देखिएको हो । चीनमा पछिल्लो समय आयातित

केसहरुका कारण संक्रमण फेरि बढेकोमा विज्ञहरु चिन्तित छन् ।हुबेइमा संक्रमण बढेसँगै यहाँका दशौँ लाख मानिस सहर छाडेर बाहिरिएका थिए । वुहानस्थित एक अस्पतालका चिकित्सकले १ सय ४७ बिरामीमा गरेको परीक्षणमा कम्तिमा ५ जनामा फेरि पोजिटिभ रिपोर्ट देखाएको हो ।

तोंग्जी अस्पतालका निर्देशक वांग वेइका अनुसार दक्षिणी चीनको ग्वांग्दोंग प्रान्तमा १४ प्रतिशत बिरामीलाई फेरि संक्रमण बल्झिएको हो । सरकारी अधिकारीहरुले सन्चो भइसकेका बिरामीहरुसँग अरुलाई नभेट्न पनि सुझाव दिएका छन् ।

यससँगै चिकित्सकहरुले वुहानका अन्य अस्पतालमा पनि सन्चो भएका पुराना बिरामीहरुलाई फेरि परीक्षण गर्ने बताइएको छ । गत फेब्रुअरीको अन्त्यसम्ममा चीनमा ४३ हजार मानिस लक्षणविना नै संक्रमित थिए । र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । तर आधिकारिक संक्रमितको सूचीमा उल्लेख गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News