वि.सं. २०७६ चैत्र १५ गते शनिवार तदनुसार ई. सं. २०२० मार्च २८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मनोरञ्जनमा सहभागीता भइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक चिन्ता वढ्नेछ । साँझमा अधिक पैसा खर्च हुने योगछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । व्यवसायमा नोक्सान हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । स्वस्थयमा समस्या हुनसक्छ त्यसैले संक्रमणबाट आफूपनि बच्ने र अरूलाईपनि बचाउन सहयोग गर्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News