नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो । औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११

बजेको हाराहारीमा नेपाल फर्कने छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ ।जहाजमा नेपाल एअरलाइन्सका बाहेक अरु कर्मचारी नरहने अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले जानकारी दिनुभो । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहनेछन् । स्वास्थ्य मन्त्रालय र नीजि क्षेत्रका प्रतिनिधि जहाजमा नरहने उहाँले बताउनुभयो ।

यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ । अपरेशन विभागका प्रमुख जुहार्चनका अनुसार अप्रिल २ तारिखमा पनि जहाज ग्वान्झाउ नै जाने भएको छ ।

अप्रिल २ तारिखको उडानको लागि ९० प्रतिशत तयारी पूरा भैसकेको उहाँले जानकारी दिनुभयो । यस्तै अप्रिल ३ मा पनि ग्वान्झाउ र ४ तारिखमा कुम्निङमा चार्टडको तालिका रहेको उहाँले बताउनुभयो ।

अप्रिल २,३ र ४ तारिखका सबै उडान नेपाली नीजि क्षेत्रले चार्डर गरेका हुन् । तीनवटै उडानमा नेपाल वाइडवडी जहाजको प्रयोग हुनेछ । जहाजमार्फत नीजि क्षेत्रले नेपाललाई चाहिने मेडिकलजन्य र अन्य अत्यावश्यक सामग्री ल्याउन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News