धनगढी । मंगलबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भयो । शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छ । तर, आफूलाई चिकित्सकले जाँच पनि नगरेको र

औषधि पनि नदिएको उनको आरोप छ । कतिसम्म भने उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको समेत सहज रुपमा थाहा पाउन सकेनन् ।धनगढीमा एक जनामा कोरोना संक्रमण देखिएको खबर सञ्चार माध्यमहरुमा आएपछि आफूले डाक्टरलाई फोन गरेर सोधेपछि मात्रै चिकित्सकहरुले आफ्नो अवस्थाबारे जानकारी दिएको उनले बताए ।

संक्रमित ती युवाका अनुसार उनलाई अस्पतालले अहिले भर्ना भएको बेला राखिएको ठाउँबाट अर्को ठाउँमा राखेको छ । उनले भने, ‘मलाई औषधि र तातो पानीसम्म कसैले सोध्न आउँदैनन् ।’

जबकी कोरोना भाइरसबाट संक्रमण भएकाहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने भनिएको छ । तर, आफूले अहिलेम्म खाना र तातोपानीसमेत घरबाट ल्याएर खाइरहेको उनले सुनाए ।

अब, परिवारका सबै सदस्य क्वारेन्टाइनमा बसेपछि कसले खाना ल्याइदिन्छ भन्ने चिन्ता बढेको उनले सुनाए । ती युवकलाई कारोना संक्रमण भएको पुष्टि भएपछि परिवारका सबै सदस्यलाई रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ र नमुना संकलन गरिँदैछ ।

‘अहिलेसम्म मलाई घरबाटै खाना ल्याइएको थियो । घरका सबैलाई रंगशाला राखिएको छ अब कसरी खाना ल्याउने ? उनको गुनासो छ ।

अस्पतालले झुलबाहेक केही नदिएको उनले बताए । चिकित्सकहरु पनि डरले नजिक नआएको हुनसक्ने भन्दै उनी भन्छन्, ‘समस्या भए कसलाई भन्ने पनि थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News