काठमाडौं– स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौँ कोरोना संक्रमित भेटिएको बताएको छ। आज गरिएको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार पाचौं संक्रमित फेला परेको बताइएको हो। २२ वर्षिया किशोरी बेल्जियमबाट कतार हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२मा काठमाडौँ आएकी थिइन्।

नेपालमा पहिलो संक्रमित भेटिएको ६१ दिनपछि दोस्रो संक्रमित व्यक्ति भेटिएको थियो। तर त्यसपछि भने दुई/दुई दिनको अन्तरालमा नयाँ संक्रमित भेटिएकोमा आज भने एक दिनको अन्तरालमै नयाँ संक्रमित भेटिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी २२ वर्षकी युवती हुन् । उनी चैत ४ गते (१७ मार्च) को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् ।

त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।

फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो ।

त्यसै दिन सरकारले एक हप्ताका लागि लकडाउन घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News