काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ ।

नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको जानकारी दिएकी छन् ।

सोही जहाजमा चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेका मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि आउँदैछ । स्वास्थ्य परीक्षणका किट पनि नेपाल ल्याउने तयारी भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News