जनकपुरधाम– प्रदेश २ सरकारले ‘लकडाउन’को मारमा परेका प्रदेशभरिका गरिब र मजदुरलाई ‘लकडाउन’ अवधिभर खाना खुवाउने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार जनकपुरधाममा सम्पन्न बैठकले ‘लकडाउन’को कारण समस्यामा परेका गरिब

र मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको हो । संघीय सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशैभरि ‘लकडाउन’ गरेको छ । मन्त्रिपरिषद्को बैठकले खानाको व्यवस्थापनका लागि प्रदेशभित्रका स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बगैँचामा आइतबार बसेको मन्त्रिपरिषद्को बैठक

सोही बराबरको रकम व्यवस्था गर्न स्थानीय सरकारहरुलाई आग्रह गर्ने निर्णय समेत गरिएको मन्त्री यादवको भनाइ छ । प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय समाजसेवी संस्थाहरुसम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि समेत तयार पारिएको छ ।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमा गरिनुका साथै शतप्रतिशत प्रोत्साहन भत्ता दिइने निर्णय पनि गरिएको मन्त्री यादवले बताउनुभयो ।सरकारले कोरोना रोकथामको लागि हालसम्म गरेको प्रयास र आउँदा दिनमा लिइने नीतिबारे जानकारी गराउन आजै सर्वदलीय बैठक समेत बोलाएको थियो ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल र विभिन्न मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News