काठमाण्डौ – कतारले श्रमिकको गुनासो सुन्न छुट्टै हटलाइनको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरिएको कतारको श्रम मन्त्रालयले जनाएको छ ।श्रमिकले फोनका साथै आफ्नो

आइडी अथवा भिसा नम्बरसहित आफ्नो समस्या म्यासेज पनि गर्न सक्नेछन् । फरक भाषा बोल्ने श्रमिकसँग कुरा गर्न र उनीहरुको समस्या समाधानका लागि यो सेवा सुरु गरिएको कतारले जनाएको छ । यस्तै, श्रम मन्त्रालयले बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको समस्याका विषयमा पनि अन्तरिक मन्त्रालयसँग छलफल गरेको र यस्ता श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने कतारको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

निगमको वाइडबडी जहाज आज अस्ट्रेलिया उड्दै
काठमाण्डौ – चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अस्ट्रेलिया उड्दैछ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

वाइडबडी जहाजले अष्टे«लिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताउनुभयो । उहाँले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरि क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालि रहेको जानकारी दिनुभयो ।वाइडबडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ ।

चीनबाट कोभिड-१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ । यसअघि निगमको वाइडबडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाण्डौ ल्याएको थियो।
हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News