वि.सं. २०७७ वैशाख १। सोमवार। इ.स. २०२० अप्रिल १३। ने.सं. ११४० चौलागा। वैशाख कृष्णपक्ष। षष्ठी, २१:५२ उप्रान्त सप्तमी। इटहरी, सुनसरी,

नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:२८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धर्म र आस्था बढ्नेछ । सांगीतिक तथा सामाजिक कार्यमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक यात्रा र प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको र ताकेको कार्यको योजना बन्न सक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक समस्यापनि हराएर जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आस्था र विस्वास बढ्ने योग रहेको छ । घर परिवार र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । सामान हराउनपनि सक्छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वादिष्ट र स्वइच्छाको परिकार खान पाईनेछ । आफ्नो कार्याबाट आत्मिक संतुष्टि मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो दैनिकी कार्यमा व्यवधान आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनपनि कमजोर रहन सक्छ, धैर्य राख्न जरूरी छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक कार्यको योगछ । सामाजिक कार्यमा सफलतापनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुको उपकरमा मन जानेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News