काठमाडौं । देशका विभिन्न भागमा चलेको हावाहुरीका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८.४५ बजेदेखि ९ बजेसम्म देशभरको

प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ ।प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताए ।उनले अवरुद्ध भएको सेवा सुरु भइसकेको पनि बताए । न्यौपानेले समस्या भएका स्थानमा टोली पुगेर मर्मतको काम पनि भइरहेको जानकारी दिए ।‘केही बेर केन्द्रीय प्रणाली नै प्रणाली गयो, समस्या भएका स्थानमा हाम्रो मर्मतको टोली परिचालित छ,’ उनले भने ,’भारप्रेषण केन्द्रले आवश्यक प्राविधिक काम गरिरहेको छ ।

भीआईपी सुरक्षाबाट कटौती गरेर सीमामा प्रहरी थप्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमामा पठाउन बादलले निर्देशन दिएका हुन् ।गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर गृहमन्त्री बादलले अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।जसअनुसार सशस्त्र प्रहरी बलले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालिसकेको स्रोतले बतायो । नेपाल प्रहरीले पनि आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।

हाल कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपय विशिष्ट व्यक्तिले मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्यविधि विपरित सुरक्षाकर्मी राखेका छन् । उनीहरुको हकमा मन्त्रिपरिषदबाटै निर्णय गरेर कटौती गरिने बादलले बताएका छन् ।‘आवश्यकता मूल्यांकन गरेर जति सक्दो कटौती गरेर सीमामा पठाउनुस्’, बादलले दुवै सुरक्षा संगठनका प्रमुखलाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News