काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गर्ने भएको छ। लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने बताएको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले

बुधबार सूचना गर्दै सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको बताएका छन्।

परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा सूचनामा उल्लेख छ।

यसअघि सरकारले अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने निर्णय गरिसकेकाे छ। गृह मन्त्रालयले आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो।

मंगलबारदेखि सुरु भएकाेयो सेवा www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भरेर लिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News