काठमाण्डौ – कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्ममा सङ्क्रमित नेपालीको संख्या १४ पुगेको जानकारी दिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो । सङ्क्रमित

सबैको स्वास्थ्य अवस्था स्थिर रहेको र कुवेतले आफ्ना नागरिकसरह नै उपचार गरिरहेको पनि सिलवालले बताउनुभयो ।

सङ्क्रमित नेपालीको स्वास्थ्य अवस्थाबारे कुवेतको स्वास्थ्य मन्त्रालयसँग दूतावासले नियमित जानकारी लिइरहेको पनि उहाँको भनाई छ ।

कुवेतले यसअघि नै विदेशी नागरिकलाई पनि आफ्नो नागरिकसरह उपचार गर्ने बताएको थियो । कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२ सय ६ जना उपचारपछि निको भएका छन्, ११ सय ९६ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News