उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के मस्जिदमा रहेका १६ जना मध्ये १२ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि स्थानीय प्रशासनले शुक्रबार रातिदेखि बस्तीलाई सुरक्षा घेरामा राखेको छ। जमातीका लागि आएकामा कोरोना संक्रमणको पुष्टि भएपछि बस्तीलाई

नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेको हो । कोरोना व्यक्तिबाट सर्ने भएकाले एउटा गाउँबाट अर्को गाउँ आउजाउ गर्न नदिन बस्तीलाई सुरक्षा घेरामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए। ‘आउजाउ नरोक्ने हो भने, संक्रमण फैलनेसक्ने सम्भावना छ, त्यसैले बस्तीमा सुरक्षा व्यवस्था कडा पारेका हौँ’ उनले भने । स्थानीयलाई घरबाट वाहिर निस्कन दिइएको छैन।

कोरोना संक्रमित फेला परेको उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिद क्षेत्रमा सुरक्षामा खटिएका प्रहरी । तस्बिर : भरत खड्का

संक्रमितहरु भारतबाट आएपछि बस्तीमा प्रवेश गरी ‘जाँड, रक्सी सेवन गर्न हुँदैन, धर्मप्रतिको विश्वासलाई जीवन्त राख्नुपर्छ’ जस्ता उपदेशहरु दिँदै हिडेको स्थानीयले बताएका छन् । उनीहरु गाउँभरि हिडेकाले थप व्यक्तिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमानले बस्तीलाई सुरक्षा घेरामा राखेको भट्टराईले बताए ।

संक्रमित फेला परेको दिनदेखि नै सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए।उनले भने, ‘आएका व्यक्ति कहाँ–कहाँ गए, कस–कसलाई भेटे, उनीहरुलाई भेट्न मस्जिदमा को–को पुगे त्यस विषयमा गहिरो अध्ययन भइरहेको छ ।

उनीहरु गएको ठाउँ र भेट गरेका व्यक्तिको पहिचान हुने काम भइरेको पहाडीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News