मोरङ – उदयपुरको मस्जिदमा रहेको १२ जनामा कोरोनाको पुष्टि भएपछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी बढाइएको छ ।मोरङमा ६७ मदरसा र ८९ वटा मस्जिद रहेकोमा ति सबै ठाउँमा निगरानी बढाउनको लागि सबै पालिकाहरुलाई अनुरोध गरिएको र त्यहाँ मौलानाहरुसँग

समेत कुरा भइको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । ती मस्जिद र मदरसामा मुस्लिम समुदायको सहभागीतामा अनुगमन गर्ने बव्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।

मोरङबाट अब कोही व्यक्ति लुकेर पनि नेपाल प्रवेश गर्नसक्ने अवस्था नरहने गरी सीमा नाकामा अत्यन्त कडा पारिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।

यस्तै सुनसरीमा पनि मस्जिदहरुमा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका ८१ वटा मस्जिदहरुमा कडाइ गरी निगरानी बढाइएको हो ।

इटहरीमा मात्र १४ वटा मस्जिद रहेकोले ति मस्जिदहरुमा कडाइगरिएको र त्यहाँ रहेका केही बाहिरी बव्यक्तिहरुलाई क्वरेन्टीनमा पठाइएको इहरी उपमहानगरपालिकाकी उप मेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News