बागलुङ : जिल्लाको दोस्रो तथा नेपालको छैठौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलाले कोरोनालाई जितेकी छिन् । उनलाई पोखरामा पछिल्लो दुई पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको धौलागिरी अञ्चल

अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए । ती महिलाको पहिलो र दोस्रो स्वाब पोजिटिभ आए पनि तेस्रो र चौथो स्वाब भने नेगेटिभ आएको छ । चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी महिलालाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

कोरोना संक्रमण भएको पुष्टी भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइशोलेशन वार्डमा उपचाररत महिलालाई अब अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। दम र प्रेसरको समस्या भए पनि ६५ वर्षीया महिलाले उच्च मनोबलका कारण कोरोनालाई सजिलै जितेर घर फर्कन लागेको डा.पोखरेलले बताए ।

अस्पतालबाट डिस्चार्ज गरिए पनि ती महिलालाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिने अस्पतालले जनाएको छ ।

नेपालको पाचौँ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News