नयाँदिल्ली : भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दैगएपछि निजी मेडिकल सेन्टरले पनि कोरोना परीक्षण गर्न थालेका छन् । सर्वोच्च अदालतले कोरोना भाइरसको निशुल्क परीक्षण गर्नुपर्ने भन्दै दिएको आदेश विरुद्ध निजी क्लिनिकले महंगो पैसा लिएर परीक्षण गर्न

थालेका हुन् । ‘अदालतले विपन्नका लागि निशुल्क भनेको र धनाढ्यले पैसा तिरेर परक्षिण गर्नसक्ने भनेको हामीले बुझ्यौँ,’ थाइरोकेयर नामक निजी प्रयोगशालाका मालिक अरोकियस्वामी बलुमानीले भनेका छन् ।

उनका अनुसार परीक्षणको ४ हजार ५ सय भारु तिनुपर्नेछ । तर अदालतले निजी प्रयोगशालाको पारिश्रमिक कसरी पूर्ति हुनेछ भन्नेबारे प्रष्ट पारेको छैन । अप्रिल १३ मा आएको नयाँ आदेश अनुसार निजी प्रयोगशालालाई ५० करोड मानिसको परीक्षण गरेवापतको रकम सरकारले तिर्नुपर्ने हुन्छ ।

यससँगै भारतमा कोभिड १९ को परीक्षण निशुल्क छैन र ? भन्ने बहस उठेको छ । भारतमा १५ हजार ७ सय भन्दा धेरै कोरोना संक्रमित हुनुका साथै ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । तर परीक्षण संख्या भने तुलनात्मक रुपमा ज्यादै न्युन छ । डेढ अर्ब जनसंख्या भएको भारतमा ३ लाख ८६ हजारको मात्रै परीक्षण भएको छ ।

हाल भारतमा कोरोना लक्षण देखिएपछि चिकित्सकहरुले आपतकालिन रुपमा परीक्षण गर्न सल्लाह दिएपछि मात्रै सरकारी अस्पतालमा परीक्षण गराउन जाने चलन छ । जहाँ घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता छ । यतिसम्म कि, निजी वा शशुल्क परीक्षणका कारण लक्षण देखिएका संकास्पदहरु पनि घण्टौँ लाइन बस्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News