काठमाडौं : पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णयलगत्तै सत्तारुढ दल नेकपाभित्र हलचल मच्‍चिएको छ। सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी

समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको छ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु आश्चर्य परेका थिए। ‘बैठकमा प्रधानमन्त्री ओलीले कुनै एक कमिटीमा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याउने प्रस्ताव गर्नुभयो’ पूर्वमाओवादी समूहका एक मन्त्रीले अन्‍नपूर्ण अनलाइनसँग कुरा गर्दै भने ‘उहाँले एकाएक किन यस्तो प्रस्ताव गर्नुभयो हामी आश्‍चर्य पर्‍यौं।’यसैबीच बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटार गएका छन्। मन्त्रिपरिषद बैठकबारे प्रचण्डलाई मन्त्री पुनले बिफ्रिङ गरेपछि आजै साँझ प्रचण्ड निवासमा पूर्वमाओवादी समूहको छुट्टै बैठक बस्ने तयारी रहेको नेकपा एक स्थायी कमिटी सदस्यले बताए।

सामाजिक दूरी कायम हुने गरी राष्ट्रियसभा बैठक कक्ष तयार गर्नुस् : अध्यक्ष तिमिल्सिना
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गरेका छन्।

सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठक कक्षको आज निरीक्षण गर्दै उहाँले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षको तयारी गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिए। अध्यक्ष तिमिल्सिनाले सभाकक्षमा सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिएका हु्न्।

अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन निर्देशन दिँदै ‘बैठकको तयारीका सन्दर्भमा प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नु’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News