काठमाण्डौ – मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ । यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो। ‘भोलीदेखि नै यो सेवा लागू हुनेगरी तयारी गरेका छौँ । लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’अधिकारीले भन्नुभयो । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।

संखुवासभा प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द

संखुवासभा – विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण बढ्न सक्ने भन्दै संखुवासभा प्रवेश गर्ने नाकाहरु पूर्ण रुपमा बन्द गरिएको छ ।

रातको समयमा बाहिरबाट मानिसहरु लुकीछिपी आउनसक्ने भन्दै दक्षिण तर्फबाट संखुवासभा भित्रिने मुख्य नाकाहरु टुटेदेउराली र केवा खोलामा पूर्ण रुपमा नाका बन्द गरिएको हो । जिल्ला समन्वय समितिको संयोजनमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि र दश वटै पालिकाका प्रमुखहरु, प्रदेशसभा सदस्यहरु तथा सामाजिक विकास समितिका पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले दक्षिण तर्फबाट संखुवासभा भित्रिने मुख्य नाकाहरुमा प्रहरी परिचालन गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News