दैलेख– दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु दुई दिनदेखि भोकभोकै रहेका छन् । क्वारेन्टाइनमा रहेका दुई जना दुई दिनदेखि भोकभोकै बसेका हुन् । उनीहरु नुवाकोट र गोरखाबाट जिल्लामा आएका थिए । १० दिन हिँडेर कोलपुर

आएका उनीहरु त्यहाँबाट गाडीमा दैलेख ल्याइएको थियो । दैलेख आएसगै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा सुरक्षादेखि खाना ब्यवस्थापन नहुँदा उनीहरु भोकै बसेका हुन् । क्वारेन्टाइन निर्माण गरेपनि सुरक्षा र खानपिनको ब्यवस्थापन नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको विजोग भएको हो । यहाँ ल्याएर आफूहरुलाई राखेर खाना नदिएको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन् । दुई दिनदेखि खाना नपाएपछि उनीहरु जिल्ला प्रहरी कार्यालयमा आएका छन् ।

अहिले जिल्ला प्रहरीमा नारायण नगरपालिकाका प्रतिनिधिसंग खाना खुवाउने विषयमा छलफल भईरहेको जनाइएको छ ।क्वारेन्टाइनमा खानाको ब्यवस्थान नभएको आफूहरुको विजोग भएको क्वारेन्टाइनमा रहेका हस्त विकले बताए । सुरक्षादेखि खान समेतको ब्यवस्था क्वारेन्टाइनमा देखिएन । क्वारेन्टाइनमा बसेका हस्त विकले भने, खानाको लागि सुरक्षा निकायलाई खवर गरेका छौं । हस्त नुवाकोटबाट आएका हुन् । हस्तसंगै गोरखाबाट आएका मनोज मल्ल पनि दुई दिनदेखि क्वारेन्टाइनमा भोकभोकै बसेका छन् । बजार पुरै बन्द छ ।

उनीहरु रहेको क्वारेन्टाइन बजारभन्दा एकान्तमा रहेको छ । नारायण क्याम्पसमा रहेको क्वारेन्टाइनमा अहिले दुई जना रहेका छन् ।क्वारेन्टाइन निर्माणदेखि अन्य कुरामा मापदण्डअनुसार काम आफूहरुले गरेपनि भोजनको ब्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने उहाँहरु जानकारी गराएपनि भोजन ब्यवस्थापन भएको गुनासो आएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

भोजन ब्यवस्थापनका बारेमा छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी कटेलले बताए ।हिजो केही समस्या आयो आजबाट भोजन गृह राखेर खाना खुवाउँने तयारी गरिरहेको नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News