काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ ।यो गिरावटको अर्थ हो, तेल उत्पादक देश

अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् । किनभने उनीहरुलाई अब डर छ कि अब तेल बिकेन भने भण्डारणको समस्या बढ्छ ।लकडाउनका कारण विश्वभरका मानिसहरु घरभित्रै बसिरहेका छन् । तेलको माग घट्नुको एउटा प्रमुख कारण यही हो । भण्डारण गर्ने ठाउँ नभएपछि तेल कम्पनीहरुले ट्यांकर भाडामा लिइराखेका छन् ताकि बढी भएको तेल ट्यांकरमा भए पनि राख्न सकियोस् । तर, यसको असर अमेरिकाको कच्चा तेलको मूल्यमा परेर शून्यभन्दा पनि तल झरेको छ । वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई), जसलाई अमेरिकाको तेलको बेन्चमार्क मानिन्छ, मा मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ । सोमबार आएको यो गिरावटको असर विश्वभरका तेल बजारमा पनि परेको छ ।अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।

तेल उद्योगहरु थोरै माग र उत्पादकबीच उत्पादन कम गर्नेुपर्ने विषयमा सुरु भएको बहसका कारण पहिलेदेखि नै समस्यासँग जुधिरहेका छन् ।यसै महिनाको सुरुवातमा ओपेक (तेल उत्पादक देशहरुको संगठन) सदस्य देशहरु र तिनका सहयोगीहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए । तेल उत्पादन यति धेरै घटाउने डिल पहिलो पटक भएको थियो ।यद्यपि केही विशेषज्ञका अनुसार तेल उत्पादनमा कटौती गरेर समस्या खासै सुल्झिएन । एक्सिकोर्पका प्रमुख ग्लोबल मार्केट स्ट्राटेजिस्ट स्टिफन इन्सले भनेका छन्, ‘ओपेक प्लसले तेलको मूल्य सन्तलनमा ल्याउन सक्दैन भन्ने कुरा बुझ्न समय लागेन । बीबीसीका आर्थिक सम्वाददाता एन्ड्र्यु वाकरका अनुसार विश्वसँग अहिले खपत हुनेभन्दा बढी कच्चा तेल छ । आर्थिक गतिविधि घटेका कारण विश्वभर तेलको माग कम छ ।

तेलको सबैभन्दा बढी निर्यातक ओपेक र यसका सहयोगी जस्तै रुस, पहिले नै तेल उत्पादन घटाउन राजी भइसकेको थियो । अमेरिका र बाँकी देशमा पनि तेल उत्पादन घटाउने निर्णय गरिएको थियो । तर, तेल उत्पादन घटाएपछि पनि विश्वभर प्रयोगको आवश्यकताभन्दा बढी कच्चा तेल छ ।उनका अनुसार प्रश्न केबल प्रयोगको मात्र होइन । प्रश्न यो पनि हो कि, लकडाउन खुल्ने र अवस्था सामान्य हुने प्रतिक्षामा तेल उत्पादन जारी राखेर यसलाई भण्डारण गर्दै राख्ने राम्रो हो ?

समुद्र र जमिनमा पनि भण्डारणस्थल तीव्ररुपमा भरिइरहेको छ । राख्ने ठाउँ अभाव अब समस्याको रुपमा आएको छ । साथै कोरोना महामारीको संकट समाप्त भएपछि विश्वभर तेलको माग बिस्तारै बिस्तारै बढ्दै जाने छ अर्थात् अवस्था सामान्य हुन समय लाग्ने छ । किनभने यी सबै स्वास्थ्य संकट समाधान गर्ने कुरामा भर पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News