प्रधानमन्त्रीको समर्थनमा गोकुलको ट्‍वीट काठमाडौं : पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याएका अध्यादेशमा समस्या नभएको बताएका छन्। सरकारले ल्याएका अध्यादेशमा समस्या नभएर यसलाई हेर्ने दोषी चस्मामा समस्या भएको उनको ठहर छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएपछि गत फागुन ८ गते राजीनामा दिएर फुर्सदमा रहेका पूर्वमन्त्री बाँस्कोटाले ट्वीटरमार्फत् सरकार र प्रधानमन्त्रीको समर्थन गरेका हुन्।

सोमबार राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ल्याएको विधेयक पार्टीको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरे नल्याएको दाबी उनको छ।

‘राज्यप्रणाली मजबुत बनाउने काम कुन पार्टीको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरेर गरिदैन’, बाँस्कोटाले ट्वीटमा लेखेका छन्, ‘कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो।

समस्या अध्यादेशमा होइन, उनीहरुको दोषि चश्मामा छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News