काठमाडौं : नेपालमा एकै दिन १० जनामा कोरोना पुष्टि भएको छ। मंगलबार एकै दिन १० जनामाका कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका आठजना

र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा दुई गरे १० जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमिको संख्या ४१ पुगेको छ। मंगलबारसम्म पाँचजना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

उदयपुरका कोरोना संक्रमित बसेको नयाँ क्षेत्र फेला, आरडिटी परीक्षण तीब्र

संक्रमित बसेको नयाँ ठाउँ पत्ता लागेपछि कञ्चनरुप नगरपालिका-१२ चर्खियामा आरडिटी परीक्षण गर्दै प्राथामिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी । तस्बिर : मनोहर पोखरेल

राजविराज : आरडिटी परीक्षणमा पोजिटिभ आएको तीन जनासहित ४० जनाको स्वाब परीक्षण नेगेटिभ आएको सप्तरीमा संक्रमित बसेको नयाँ क्षेत्र पत्ता लागेपछि स्वास्थ्यकर्मी अहिले सो क्षेत्र पुगेका छन्। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना संक्रमित भुल्के जानुअघि कञ्चनरुप नगरपालिका १२ चर्खियाको मस्जिदमा बसेको नयाँ ठाउँ पत्ता लागेपछि स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि सो स्थान पुगेका हुन्। प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका सिनियर अहेब डम्बर गुप्ताका अनुसार पहिलो चरणमा चर्खिया क्षेत्रमा संक्रमित जमातीहरुको प्रत्यक्ष सम्पर्कमा आएका २३ जनाको आरडिटी परीक्षण गर्न लागिएको छ । यसअघि संक्रमित बसेको सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १, २ र ४ तथा कञ्चनरुप नगरपालिका-२ मा दुई सय १७ जनाको आरडिटी परीक्षण गरिएको छ । संक्रमित बसेको नयाँ क्षेत्र पत्ता लागेपछि मंगलबार साँझ कञ्चनरुप नगरपालिका-१२ मा आरडिटी परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नो समुदायमा इस्लाम धर्मको प्रचार प्रसार गर्न हिंडेका जमाती सप्तरीको विभिन्न मस्जिद हुँदै उदयपुर पुगेको पत्ता लाग्दै गएपछि ती क्षेत्रहरुमा तीब्रताका साथ आरडिटी परीक्षण गर्न लागिएको हो ।सप्तकोशी नगरपालिकाको मस्जिद रहेको वडा नम्बर १ फत्तेपुरमा ७४, वडा नम्बर २ मा ६६, वडा नम्बर ४ मा ३१ र कञ्चनरुप नगरपालिका-२ बरमझियामा २७ जनाको परीक्षण सकिएको छ । कञ्चनरुपको क्वारेन्टाइनमा रहेका ६ जना र इलाका प्रहरी कार्यालय कञ्चनरुपको थुनामा रहेका १० जनाको परीक्षण गरिएको छ । उदयपुरको बेलटारबाट सप्तरीको बाटो हुँदै सोमबार राती भारततर्फ प्रवेश गर्न लागेका तीन भारतीय जमातीलाई नियन्त्रणमा लिइ राती नै आरडिटी परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले बताए ।

कञ्चनरुप नगरपालिका ५ बाट कोशी टप्पु वन्य जन्तु आरक्ष पथरी व्यारेकको नेपाली सेनाले खेतमा समातेका तीन भारतीयको आरडिटी परीक्षण नेगेटिभ आएको छ ।हालसम्म सप्तरीमा ६४ महिला र चार सय ७७ पुरुष गरी पाँच सय ४१ जनाको आरडिटी परीक्षण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News