वि.सं. २०७७ वैशाख १०। बुधवार। इ.स. २०२० अप्रिल २२। ने.सं. ११४० चौलागा। वैशाख कृष्णपक्ष। चतुर्दशी, ५:४१ उप्रान्त औंसी। इटहरी, सुनसरी,

नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:२३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:३२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:३८ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरमा सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको योजनापनि बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्तापनि बढ्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य प्रति सजक रहनु पर्छ । साँझमा धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यम भने समस्या आउने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवाको योगपनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । भाग्योदय अग्रसर हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मनोरञ्जन तरिकले दिन बित्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धिपनि हुन सक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News