सुनसरीमा आज बाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लक डाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सरसामानको खरीदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो । सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको

असहजता हटाउँदै साँझ हुने भिडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोवस्ती मिलाइउन सम्वधित निकायलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार विहान ७ बजे देखि १० बजे सम्म बजार पसल खुल्न सक्ने छ ।

इटहरी बजार

जसकालागि स्थानीय निकाय र उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् । प्रजिअ पौडेलका अनुसार उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइने छन् ।

कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने छ ।

जसले आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय गर्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News