काठमाडौं : काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन्। दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका-६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा भएको

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। उनकाअनुसार घाइते १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। ‘गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको छ।’ उनले भने,’ बाँकी घाइतेको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ, सामान्य उपचारपछि केहि डिस्चार्ज भइसकेका छन्,। बसमा बच्चासहित ३९ जना सवार रहेको पौडेलले बताए।

उनीहरुलाई अर्को सवारीमार्फत गन्तव्यमा पठाउने तयारी भइरहेको छ। एक्कासी ब्रेक फेल भएर बस सडकको दाहिने साइडको नालामा फसेको हो। तामाकोसी गापा-३ जफेका बस चालक मनबहादुर खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।लकडाउन लम्बिएपछि रोजगारी तथा अध्ययनका लागि काठमाडौंमा बस्दै आएका व्यक्तिहरु घर जानलाई स्थानीय तहसँग गुहारिरहेका छन्।

पछिल्लो दिनमा स्थानीय तह आफैँले उद्धार गर्ने वा समूह मिलाएर रातको समयमा गाडी रिजर्भ गरेर गाउँ जाने क्रम बढ्दै गएको छ। प्रशासनले दिउँसोको समयमा जान नदिने तर रातको समयमा पास उपलब्ध गराएर अलपत्र यात्रुलाई गन्तव्यतर्फ जान खुकुलो बनाइदिँदा दुर्घटनाको जोखिम भने बढेको छ।

लकडाउनकै समयमा गत चैत्र १८ गते पनि रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप भ्यान खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News