ताप्लेजुङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले केहि प्रावधान खुकुलो भएपनि तत्काल लकडाउन अन्त्य नहुने संकेत गरेका छन् । उनले आउँदो बजेट पूँजीगत खर्चतर्फ उत्साहित नहुने र बजेटको अधिकांश हिस्सा कोरोना नियन्त्रण तथा व्यवस्थापन

का कार्यमा खर्च हुने भएकोले अत्यावश्कीय योजना बाहेक पूरानै योजनाको निरन्तरतामा केन्द्रित हुने बताए । गृह जिल्ला ताप्लेजुङका सञ्चारकर्मीसंग बुधबार बिहान भिडियो कन्फरेन्समार्फत सम्बाद गर्दै मन्त्री भट्टराईले कोरोना नियन्त्रणका लागि नेपालको मात्र परिस्थति भरपुर नहुने भएकोले सीमावर्ती छिमेकी मुलुक भारत र चीनको अवस्थाले समेत लकडाउनको निरन्तरतामा भूमिका खेल्ने प्रष्ट्याए । ‘सीमावर्ती देश बिशेष गरी भारतमा चित्तबुझ्दो ढंगले कोरोना नियन्त्रण तथा व्यवस्थापन नभईञ्जेलसम्म तत्काल पूरापूर लकडाउन खुल्ने र सीमा नाकामा आवतजावत सुरु हुने अवस्था छैन’मन्त्री भट्टराईले भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराई

कोरोनाले विश्वब्यापी प्रभाव जमाईरहेको र यस बिरुद्धको मुख्य जीत नै लकडाउनबाट प्राप्त हुने भएकोले यसकार्यमा देशका सबै नागरिकको साथ र सहयोग रहेको उनको भनाई थियो । नेपालमा कोरोनाबाट कसैको ज्यान नदिने अवस्थाको सृजनाका लागि सरकारको अधिकतम् प्रयास र पहल जारी रहेको मन्त्री भट्टराईले बताए । उनले चालू वर्षमा कम्तिमा १ लाख बढीको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडीटी) किटमार्फत परीक्षण गर्ने र परीक्षण तथा उपचारको दाहेरा बढाउने कार्यमा सरकारले धमाधम प्रकृया चालिरहेको समेत बताए । कोरोना संक्रमणका कारण नेपालमा कसैको ज्यान नगुमोस् र थप नफैलियोस् भन्ने सरकारको चाहनालाई पूरा गर्ने सबैभन्दा उत्तम बिधि लकडाउन भएकोले यसको पूर्ण पालनाका लागि उनले आम नागरिकसंग आग्रह गरे ।

‘हामी एकजनाको मृत्युवरण बेगर कोरोनालाई जितेर बिश्वका अघि नेपाल साँच्चै आत्मबिश्वासी र साहसी भएको देखाउन चाहन्छौं’भट्टराईले भने । सरकारले कोरोना प्रभावबाट मुलुकको अर्थतन्त्रमा परिरहेको प्रभावको सुक्ष्म अध्ययन गरिरहेकोले आउँदो बजेट र नीति तथा कार्यक्रमको सन्दर्भमा प्रत्येक नागरिक आफैं आत्मनिर्भर हुने उपाय खोजी रहेको समेत उनले बताए ।

सरकार श्रमिक, किसान,व्यवसायी र आम नागरिकको हितको पक्षमा रहेको भन्दै मन्त्री भट्टराईले सामाजिक सुरक्षा कोषमार्फत श्रमिकहरुको रोजीरोटी व्यवस्थापन गर्न, अर्थतन्त्रलाई पुर्नस्थापित गर्न, ब्याजदर घटाउने र सस्तो दरमा ऋण प्रवाह हुने कार्यको थालनीका लागि सरकारले गृहकार्य सुरु गरिसकेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News