
मुम्बई : कुनै समय पोर्न साइटकी हिट पोर्नस्टार मिया खलिफा यो उद्योग छोडेपछि ‘सिरियस रिलेसनसिप’ मा थिइन्। उनी रोबर्ट सैन्डबर्गसँग डेटमा थिइन्। केही समयपहिले उनीहरूले आफ्नो विवाह हुन लागेको खबर सार्वजनिक गरेका थिए तर अकस्मात फैलिएको कोरोना महामारीपछि
उनीहरूको विवाह रोकिएको थियो।अहिले मिया र रोबर्टले विवाह गरिसकेको खबर सार्वजनिक भएको छ। मियाले हालै इन्स्टाग्राममा एउटा सूचना पोस्ट गरेकी छन्। यो पोस्ट भिडियो हो जसमा मिया बाथरुममा नाच्दै गाउँदै देखिएकी छन्। त्यहीँ रोबर्ट सोफामा सुतिरहेका छन्। यो भिडियो सेयर गर्दै मियाले रोबर्टलाई पति भनेर सम्बोधन गरेकी छन्। यसअघि आफूहरूको विवाह रोकिँदा मिया निकै उदास देखिएकी थिइन्। यही विषयमा उनले इन्स्टाग्राममा एउटा इमोसनल पोस्ट पनि गरेकी थिइन्। पोस्टमा उनले लेखेकी थिइन्, ‘दुनियाँ तहसनहस हुनुभन्दा पहिले म मरें भने विवाहका लागि मैले किनेका कपडासँगै मलाई गाडिदिनू।’ एजेन्सी

पोर्नस्टार मिया खलिफा
हावा लिएर आइन् तारा
काठमाडौं : गीतकार तारा अधिकारीको शब्दमा ‘ए हावा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। दीपक जंगमको संगीत रहेको गीतमा स्वरूपराज आचार्यको स्वर छ। गीतमा किरण कँडेलको संगीत संयोजन, शम्भुकुमार तण्डुकारको मिक्सिङ छ। गीत प्रज्ञा साउन्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। यो गीत एल्बम सुनौलो तारामा समावेश छ।
लकडाउनको समयमा श्रोतालाई नयाँ स्वाद होस् भन्ने उद्देश्यले लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताइन्। भिडियो छायांकन नै गर्ने योजना भए पनि लकडाउनले अहिले सम्भव नभएकाले लिरिकल भिडियो ल्याइएको उनको भनाइ छ।
‘ए हावा’ गीत अधिकारीकै युट्युब च्यानल सुनौलो तारामा अपलोड गरिएको छ। उनले गत चैत ५ गते एल्बम सुनौलो तारा सार्वजनिक गरेकी थिइन्।