विराटनगर । उदयपुरको भुल्केमा थप ४ जनामा कोरोना पोजिटिभ पाइएपछि विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गराउनेहरुको संख्या २८ पुगेको छ । उनीहरुलाई अहिले साँझ कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको हो । शुरु मै भुल्केस्थित नुरी मस्जिदमा फेला

परेका कोरोना पोजिटिभहरुसंगै बसेका ३ जनामा पनि कोरोना पोजेटिभ पाइएपछि मोरङको टाँडीस्थित क्वारेन्टाइनबाट विराटनगरमा थप उपचारका लागि ल्याइएको हो । यसैगरी एक जना नेपाली सेनाले गरेको स्वाब परीक्षणमा पोजिटिभ पाइएपछि उदयपुरको भुल्केबाट ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भुल्केमा शुरुमा नुरी मस्जिदमा फेला परेका १६ जना नै कोरोना पोजिटिभ देखिएका छन् भने उनीहरु पोजिटिभ देखिएपछि त्यस क्षेत्रमा स्वाब परीक्षण गर्दा ६९ जना मध्ये ८ जनामा कोरोना पोजिटिभ पाइएको थियो ।

यसैगरी नेपाली सेनाले गरेको २ सय ५१ जनाको स्वाब परीक्षणमा ४ जनालाई कोरोना पोजिटिभ र बाँकी २ सय ४७ जनामा नेगेटिभ पाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा उपचार गराइरहेका २४ जना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले जानकारी दिनुभयो ।उदयपुरको भुल्केमा समुदायमा नै कोरोना संक्रमण फैलिएको पाइएपछि मुलुक दोश्रोबाट तेश्रो चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News