दैलेख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले देश पुरै बन्दाबन्दीमा छ । एक जिल्लादेखी अर्को जिल्ला एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एकवडादेखि अर्को वडामा अतिआवश्यक कामबाहेक आवत–जावतमा बन्द

गरिएको छ । शहर बन्दा बन्दीले सुनसान भएको छ भने गाउँघरमा गहुँबाली भित्राउने चटारो छ ।तर कोरोनोका त्रास सँगै कर्णाली प्रदेश सरकारले सुदुरपश्चिम प्रदेशबाट आवतजावतमा बन्द गरेको छ । नाकावन्दीले तल्लो डुगेश्वर, रामाघाट, पादुका टुनीवगर राकम र खिड्कीज्यूला बजारमा खाद्यान्न किनमेल अछाम जिल्लाका तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिकामा बासिन्दा रहेका छन् ।

तुर्माखाँद गाउँपालिकाको रहफ, भुलु, भैरवस्थान, तोषी, धमाली, रानीवन छन् भने कमलबजारको नगरपालिकाको बेलखेत, पञ्चदेवल विनायक नगरपालिकाको लयाँटी, बाराला, भानाकोट ,चिल्तडाका बासिन्दा नाकावन्दीले गर्दा प्रत्यक्ष मारमा परेका छन् । ती ठाउँका बासिन्दा कर्णाली प्रदेशको दैलेख जिल्लाका बजारबाट खाद्यान्न किनबेच नगरे चुल्हो बल्दैन । ती ठाउँका मानिसलाई आफ्नो गाउँपालिका भन्दा दैलेख जिल्लाका बजार नजिक छन् । पहिलेदेखी नै त्यहाँका बासिन्दा दैलेखबाटै कारोबार गर्ने गरेका छन् ।

बन्दाबन्दीका मारमा सबैभन्दा बढी अहिले तुर्माखाँद गाउँपालिका –१ का रहफबासी प्रत्यक्ष लकडाउनको मारमा परेका छन् । गाउँपालिका जान रहफबाट पैदल एक दिनमा गाउँपालिकाको मुकाममा पुगिन्छ । रहफ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । अधिकांश मानिस परम्परागत खेती प्रणाली र भारतकै ज्याला मजदुरीमा जीवनयापन गरिरहेका छन् । कोही गाउँमा एक्कासि बिरामी भयो भने झारफुकबाहेक विकल्प छैन् ।

चामल किन्न त दुई तिन घन्टा पैदल भिरपाखा छिचोल्नु पर्ने पुस्तौँदेखिको समस्या । यति मात्र हैन्, नत कुनै कुरामा आत्मनिर्भर नै ठाउँ नत राज्यका सेवा सुविधा नै प्रयोग गर्न पाउँछन् । थुप्रै समस्याले थला परेका रहफबासिका दुःखमाथि दुःख थपिदिएको छ, लकडाउनले । वडातहमा आजत–जावत हुने दुई नाका बन्द हुँदा रहफबासीमा अहिले दैनिक अत्यावश्यक आवाश्यकता पुर्तिका लागि असहज वातावे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News