
काठमाण्डौ – युरोपमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ । उनीहरुमध्ये
आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ । परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ ।
अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।
काेराेना भाइरसविरुद्धकाे खाेप लिनेमध्ये एक इलिसा ग्रानाटाेले भनिन्, ‘म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुकाे प्रक्रियालाई सहयाेग गर्नुपर्छ ।’
‘याे खाेपप्रति मलाई एकदमै विश्वास छ’, उनले भनिन् ।