विराटनगर। नेपालमा लकडाउन भएपछि विराटनगरमा आफ्नो पेसा छोडेर धेरै मानिस तरकारी व्यापारमा लागेका छन् । सरकारले कोरोना भइरस संक्रमण फैलिन नदिन देशमा लक डाउन गरेको अवस्थामा आप्नो काम रोकिएका कारण तरकारी व्यापारमा लागेको व्यापारीहरु

बताउछन् ।बजार, पसल, गाडी सवै बन्द हदा विहान बेलुकाको छाक टार्न तरकारी व्यापार तिर लागेको उनिहरुको भनाइछ । उनीहरु आफ्नो पेसा गर्न नपाए पनि तरकारी बेचेर पालिएको बताउछन् । लामो समयको लक डाउनमा त्यतिकै खान नपुसग्ने र परिवार पाल्न पर्ने हुनाले ठेलामा ,साइकलमा, तरकारी बोकेर टोल टोल पुग्ने गरेको उनीहरु बताउछन् ।

। यति बेला विराटनगरका हरेक टोलमा तरकारीका ठेला र तरकारी बोकेका साइकल देख्न पाइन्छ । स्थानीयहरुको घर अगाडीनै तरकारी भन्दै व्यापारीहरु हिडिरहेका हुन्छ । स्थानीय सरकारले लक डाउन पछि हाट बजार बन्द गराएको र अन्य व्यापार व्यावसाय पनि ठप्प भएका कारण तरकारी व्यावसायमा आकर्षण बढ्दै गएको छ ।

तोकेको समयमा तरकारी बेचेर जिविकोपार्जन भइरहेको तरकारी व्यापारीहरुको भनाइ छ । अन्य पसल गर्ने सिटि रिक्सा कुदाउनेहरु पनि यति वेला तरकारी बेच्न तिर लागेका छन् ।

लक डाउन भए पनि समय तोकेर स्थानीय प्रशासनले सामाजिक दुरी कायम गरी तरकारी र खाद्यन्नका सामानहरु बेच्नको लागि सल्लाह गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News