वैशाख । महिनादिन अघि देखि जारी लकडाउनबारे निर्णय लिन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति छलफलमा जुटिरहेकाे छ ।सिंहदरबारमा बैठक बसेर समितिले लकडाउनकाे समय थप गर्ने या नगर्ने र स्वरुप कस्ताे बनाउने भन्नेबारे छलफल गरिरहेकाे स्राेतले

जनाएकाे छ । गत चैत ११ गतेदेखि जारी लकडाउनकाे अवधि यही वैशाख १५ गते सकिँदैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बसिरहेकाे बैठकले काेराेना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन खुकुलाे बनाउने या कुन स्वरूपमा जाने भन्नेबारे निर्णय गर्ने बताइएकाे छ । स्राेतका अनुसार पछिल्लाे समय नेपाल काेराेना संक्रमित थपिँदै गएकाे अवस्थामा समग्र विश्लेषण गरेर समितिले निर्णय गर्ने छ । समितिका सदस्यहरूले छलफलपछि प्रधानमन्त्रीलाई भेट्ने र अनि मात्रै लकडाउनको मोडालिटीबारे सरकारले ठाेस निर्णय गर्ने बताइएकाे छ ।

केहीले लकडाउन खुकुलाे पार्नेबारे सुझाव दिए पनि कतिपयले जारी लकडाउन अझै केही दिन लम्ब्याउनुपर्ने बताएका छन् । स्राेतका अनुसार समितिले पनि लकडाउन लम्ब्याउनेबारे निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लग्‍ने तयारी भइरहेकाे छ ।
ईश्वर पोखरेल भन्छन्– अहिलेसम्म लकडाउन खुकुलो बनाउने नीति छैन
सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए । ‘अहिलेसम्मको समीक्षा गरेर प्रधानमन्त्रीलाई भेट्छौं अनि मात्रै लकडाउनको मोडालिटीबारे सरकारले टुंगो लगाउँछ,’ उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने ।

उनले अहिलेसम्म लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएको बताए ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउनलाई जारी राखेको छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख १५ गतेसम्म छ ।

लकडाउन लम्बिँदै जाँदा दैनिक श्रम गरेर गुजारा गर्नेहरु समस्यामा परेको भन्दै अब जोखिम क्षेत्र पहिचान गरी लकडाउनलाई कतै खुकुलो र कतै कडा बनाउनु पर्ने आवाज उठ्दै आएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News