बाजुरा । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका-८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।नेपाल सरकार गृह

मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

बिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । तर घरको आर्थिक समस्या भएका कारण तत्काल काठमाडौँ लैजान नसकेको र

शनिबार गृह मन्त्रालयले उद्धार गरिदिएको भन्दै श्रीमान् शेरबहादुर रावलले खुशी व्यक्त गरे ।जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माका अनुसार ती महिलाको मेरुदण्ड भाँच्चिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसक्ने बताएका थिए ।

उनलाई थप उपचारका लागि काठमाडौँ लग्नुपर्ने डा रुपचन्द्र विश्वकर्माले परिवारलाई सल्लाह दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News