चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकीय टोली उत्तर कोरिया पठाएको छ । समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका ती व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले

स्वास्थ्य टोली पठाएको जनाइएको छ । यो साता उत्तर कोरियाली नेता किमको स्वास्थ्य हालै गरिएको मुटुको शल्यक्रियापछि अवस्था जटिल बनेको अपुष्ट खबरहरू सार्वजनिक भएका थिए ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्यमा समस्या भएको अनुमान गरिदैं आइएको थियो ।

यसैगरी रोयटर्सले चीनले चिकित्सकीय टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्नेमा निश्चिन्त हुन नसकेको जनाएको छ ।

परिचय लुकाइएका आफ्ना दुई श्रोतले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा सो टोली बिहीवार त्यता गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News