पोखरा/बागलुङ, – विश्वभर दैनिक हजारौं नागरिकको ज्यान लिईरहेको ‘कोरोना भाईरस’बाट आफु पनि संक्रमित भएको थाहा पाउँदा अंशु सापकोटा, १९ र मनकुमारी पौडेल, ६५, को सुरुमा त होस हवास नै उड्यो । किनकी विश्वभर दैनिक हजारौं नागरिकको यही

रोगले ज्यान लिईरहँदा सापकोटा र पौडेलले आफु पनि संक्रमित भएको थाहा पाउँदा आत्तिनु स्वभाविक पनि थियो । तर, उच्च मनोवल बनाएका दुवैजना सकुशल घर फिर्न पाएका छन् । त्यसमा पनि १५ वर्षदेखि दमको समस्या भोगिरहेकी पौडेललाई निको हुँदा त झनै सबैतिर खुसीयाली छाएको छ । किनकी विश्भरमै दम, उच्च रक्तचाप जस्ता दीर्घरोगी कोरोनाबाट बढी शिकार भएको विवरण बाहिरिएका छन । दमकी दीर्घरोगी पौडेललाई पछि त उच्च रक्तचाप पनि देखिएको थियो । तर, त्यसले पनि कोरोनालाई पराजित गरेको छ ।

कोरोना निको भएपछि अस्पतालबाट घर पर्कदै बागलुङकी अंशु सापकोटा । तस्विरःसंगम

दुबैजना बिरामीले कोरोनाका लागि भनेर कुनैपनि औषधि सेवन गर्नु नपरेको चिकित्सकले बताएका छन् । सापकोटा र पौडेल मात्र नभई नेपालका अरु पनि कोरोना संक्रमित उपचारपछि सहजै घर फर्किन सकेका छन् । बागलुङका यी दुई महिला निको भएसँगै गण्डकी प्रदेश कोरोका बिरामीबाट हालका लागि मुक्त पनि भएको छ । कोरोनाका लागि भनेर औषधिको एउटा ट्यावलेट समेत नखाई अस्पतालबाट बाहिरिँदा उनीहहरुको मनोवल झनै बढेको थियो
बागलुङमा भेटिएका यी दुई बिरामी गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजबाट नेपाल आएका थिए ।

बेल्जियमबाट नेपाल आएका उनीहरुलाई परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । एकै जहाजमा आएका बागलुङका चारमध्ये सापकोटा र पौडेल मात्र संक्रमित भएका थिए ।मनकुमारी १५ वर्षदेखि दमको समस्याबाट पीडित छन् । उनमा पछि उच्च रक्तचापको समस्या पनि थपियो । केरोना पुष्टि भएर अस्पताल ल्याएपछि दमसंगै उच्च रक्तचापको पनि औषधी सेवन गर्न थालेकी थिइ्रन । अंशु भने अस्पताल भर्ना भएदेखि एक ट्यावलेट औषधी समेत नखाई कोरोना निको भएर अस्पतालबाट घर फर्किन सकिन् । बागलुङ नगरपालिका—४ कुँडुलेकी सापकोटा सुरुमा संक्रमण पुष्टि भयो ।उनको ट्राभल हिस्ट्रि खोज्ने क्रममा गौंडाकोटकी पौडेलमा पनि संक्रमण पुष्टी भयो । त्यसपछि दुवैजनालाई बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरियो ।

उनीहरु दुवैजना बेल्जियम घुम्न र आफन्त भेट्न गएका थिए । बुबाआमा र भाईबहिनी उतै भएकाले पुस तेस्रो पहिलो साता अंशु बेल्जियम गएकी थिईन् । मनकुमारी पनि आफन्त भेट्न फागुन दोस्रो साता बेल्जियम पुगेकी हुन् । तर एकैपटक घर फिरेका उनीहरुमा संक्रमण पुष्टि भएको थियो । मनकुमारी १५ वर्षदेखि दमको समस्याबाट पीडित छन् । उनमा पछि उच्च रक्तचापको समस्या पनि थपियो । केरोना पुष्टि भएर अस्पताल ल्याएपछि दमसंगै उच्च रक्तचापको पनि औषधी सेवन गर्न थालेकी थिइ्रन । अंशु भने अस्पताल भर्ना भएदेखि एक ट्यावलेट औषधी समेत नखाई कोरोना निको भएर अस्पतालबाट घर फर्किन सकिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News