अरू बेला भान्छामा छिर्न फुर्सद नहुने सेलिब्रिटीलाई लकडाउनले भान्छे बनाएको छ । तर, यो भान्छे उनीहरू बाध्यताले भन्दा पनि रहरले भएका हुन् । सामाजिक सञ्जालमा राखेका फोटोले यस्तै संकेत गर्छन् । नेपाली सेलिब्रिटीका फेसबुक र इन्स्टाका स्टोरी चिहाउने हो भने

उनीहरूको कौशल मज्जैले हेर्न पाइन्छ । कतिले यसरी नै खानेकुरा बनाउँदा तारिफ भेटिरहेका थिए । तर, रिमा विश्वकर्मा यो मामलामा अभागी निस्किइन् । उनले जे पकाउन सिकेको कुरा गरिन्, त्यसले दुईचार दिन सामाजिक सञ्जाल नै हाँसोमय भयो ।

फेसबुक लाइभमा फ्यानसँग गफिन आएकी रिमाले एक प्रशंसकको जिज्ञासामा आफूले बल्ल कालो चिया पकाउन सिकेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘लकडाउनको समयमा कालो चिया बनाउन सिकेँ । मसँग भान्छाको काम गर्ने समय हुँदैन । अब बल्ल पकाउन सिक्दै छु ।

रिमाले साँच्चिकै भनेकी थिइन् कि ख्याल गरेकी थिइन्, उनै जानून् । तर, उनको चिया उनैले सञ्चालन गरेको कमेडी च्याम्पियनभन्दा कम हिट भएन । बर्दियामा हुर्केबढेकी उनले के यतिञ्जेल कालो चिया नै पकाएकी थिइनन् ?

त्यसमाथि कालो चिया दर्जनौँ इन्ग्रिडियन्ट चाहिने खालको जटिल पकवान हो र, सिक्नका लागि कसरतै गर्नुपर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News