काठमाडौं । महाकाली नदीमा बगिरहेकी एक जना महिलालाई प्रहरीले आइतबार उद्धार गरेको छ । करिब ३० वर्षीया सपना ऐतवाललाई प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फे भन्ने स्थानबाट उद्धार गरेको हो । दार्चुलाका प्रहरी प्रमुख दीपेन्द्र शाहीले द लिडर खबर

सँग भने, ‘महाकाली नदीमा बगेर आइरहेको अवस्थामा आइतबार बिहान ६ बजेको समयमा एक जना महिलाको उद्धार गरेका छौं । उनी माथिदेखि बग्दै आइरहेकी थिइन् । हाम्रो टोलीले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको हो । शाहीका अनुसार उनी व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु घर भई हाल जिल्ला सदमुकाम खलंगा तिंकरखेडास्थित माइतीघरमा बस्दै आएकी थिइन् ।

उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि अस्पताल पुर्‍याएको शाहीले बताए । महाकाली नदीमा उनी कसरी बगिन् भन्नेबारे खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए ।जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालका अनुसार उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उपचारका लागि कोहलपुर पठाइएको उनले बताए ।डाक्टरको सल्लाहअनुसार नै ती महिलाको थप उपचारका लागि हेलिकप्टबाट कोहलपुर मेडिकल लैजान व्यवस्था मिलाइएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपती श्यामराजा बिक्रम थापाले

अनलाइनखबरलाई जानकारी दिए । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरले सपनालाई बिहान ११ बजेतिर कोहलपुर लगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News