गफ गर्नमा रेखा थापा माहिर छिन् । यस सत्यको साक्षी उनकै इतिहास छ । तर, गर्दागर्दै कहिलेकाहीँ ढंग पुग्दैन, त्यो अर्कै कुरा हो । यसपालि पनि त्यस्तै भयो । उनले एउटा फिल्मी अनलाइनसँगको कुराकानीमा सरकारले गज्जब काम गरेको तर्क गरिन् । थापाको

भनाइ थियो, ‘सरकारविरुद्ध बोल्दा, औँला ठड्याउँदा यो अवस्थामा आफूले के ग¥यौँ, त्यो सोच्नुपर्छ ।’ सरकार सबै मोर्चामा असफल भएको सरकारमा रहेकै पार्टीका नेता बताइरहेका छन् । तर, रेखा छिन् एक जना, सरकारले गज्जबको काम गरेको देख्ने ।

रेखा थापा

यति मात्र होइन, उनले त्यही कुराकानीमा नेपाली कांग्रेसका नेता गगन थापाको पनि झाँको झारेकी छिन् ।

नेता गगन थापा

उनले गगनले गरेको कुराकानीलाई पार्टीको झण्डामुनि बसेर गरेको राजनीतिको संज्ञा दिएकी छिन् । जबकि पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका गगनको कुरालाई धेरैले जायज भनिरहेका छन् ।

साराले सरकारको आलोचना गरिरहेका बेला सरकारको गुणगान गाउन तम्सनुले कतै रेखा राप्रपा छाडेर नेकपामा फर्कने तयारी त गरिरहेकी छैनन् भन्ने अनुमानको ढोका खोलिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News