काठमाडौँः नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा दुई बहालवाला सांसदविरुद्ध जनता समाजवादी पार्टी नेपालका तर्फबाट पेस गरिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुले उक्त जाहेरी दर्ता इन्कार गरेको हो। घटनास्थल महोत्तरी भएकाले सम्बन्धित

जिल्लामा नै जान प्रहरीको सुझाव छ। वारदात महोत्तरी भए पनि प्रहरीले सूचना लिइ आवश्यक प्रक्रियाका लागि महोत्तरी पठाउन भने सक्छ। तर, उक्त प्रक्रिया पनि प्रहरीले अस्वीकार गरेको हो।केही अनुसन्धान गर्नुपर्ने र घटना महोत्तरीमा भएकाले दर्ता नभएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बुधबार पूर्व आइजिपी सर्वेन्द्र खनाल तथा नेकपा सासंदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ। मुलुकी अपराध संहिता ऐन २०७४ को भाग(२,

परिच्छेद – १७ मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई नियन्त्रणमा लिन नमिल्ने व्यवस्था गरेको छ। यस्तो कार्यलाई अपहरण मानिएको छ। अपहरणमा परेका भनिएका यादवले आफूलाई अपहरण गरेको नभने पनि झुक्याएर,

दबाबमा काठमाडौं ल्याएको बताउँदै आएका छन्। खनालसहित दुई सांसदले महोत्तरी गएर यादवलाई ल्याएको स्वीकार गरिसकेका छन्। तर उनीहरुले अपहरण नभएर सल्लाहमा नै काठमाडौँ ल्याएको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News