काठमाडौं । बिभिन्न जिल्लाबाट काठमाडौं आउन लागेका यात्रुहरुलाई नागढुंगा नाकाबाट फर्काइएको छ । गृहमन्त्रालयले परिपत्र गरी लकडाउनलाई कडाइ गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएको हो, त्यहीँ फर्काइएको छ । यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला

अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुंगा पुगेका छन् ।महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले द लिडर नेपाल खबरसँग भने, ‘जहाँबाट आएका थिए, उतै फर्काउने काम भइरहेको छ ।’

यात्रु फर्काउन नागढुंगा पुगेका प्रजिअ जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवाली लगायतको टोली ।

सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा पठाएका यात्रुहरुमध्ये केहीलाई जान दिएर केहीलाई नाकामा रोकिएको थियो । सवारी पास भएकाहरुले आफन्तलाई नागढुंगा पुगेरै घरसम्म ल्याएका छन् । कोही नभएकाहरु भने नागढुंगामा सडक पेटीमा बसीरहेका छन्,

नाकामै रोकिएकाहरुमध्ये कतिपय बच्चा बोकेकाहरु पनि छन् ।गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । मानिसहरुको आवत जावत हुँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News