काठमाडौं । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्याउन जोड गर्ने ।

यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ । केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको यो संख्या हो । प्रदेश नम्बर ५ का केही सांसदहरु विष्णु पौडेल जता जान्छन्, उनकै पक्षमा जानेखालका छन् । छविलाल विश्वकर्मा, दलबहादुर रानाहरुमात्र होइन, हृदयेश त्रिपाठी र बृजेश गुप्ताहरु पनि पौडेलसँग निकट छन् । प्रचण्ड र माधव नेपाल पक्ष आपसमा मिलेका कारण पार्टीका सबै निकायमा केपी शर्मा ओलीले बहुमत गुमाएका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी कहीँ पनि ओली पक्षको बहुमत छैन । तर, प्रतिनिधिसभा संसदीय दलमा भने ओलीको पक्षमा ४० प्रतिशत भन्दा बढी झण्डै ४५ प्रतिशत सांसदहरु देखिएका छन् ।

ओली पक्षका सांसद (७८ जना)
केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, बसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बास्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, वृजेसकुमार गुप्ता, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी,

रविन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवहादुर सिंह । विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा.शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाखि्रन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी (सत्गौवा), बिमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, सानु शिवा ।

प्रचण्ड र माधव नेपाल पक्ष आपसमा मिलेका कारण पार्टीका सबै निकायमा केपी शर्मा ओलीले बहुमत गुमाएका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी कहीँ पनि ओली पक्षको बहुमत छैन । तर, प्रतिनिधिसभा संसदीय दलमा भने ओलीको पक्षमा ४० प्रतिशत भन्दा बढी झण्डै ४५ प्रतिशत सांसदहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News