यूएई – यूएईमा कार्यरत नेपालीलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ ।कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम नेपाली श्रमिकहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउन अनलाइन

मार्फत विवरण सङ्कलन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ ।दूतावासले मंगलबार साँझ सूचना निकालेर यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने जनाएको छ ।

(युएइमा रहनुभएका नेपाली नागरिकहरूको विवरण संकलन फाराम)

दूतावासको अधिकारिक वेवसाइटमार्फत वा https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/

लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ ।

जतिसक्दो चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News