गत चैत ४ मा बेल्जियमबाट कतार एयरवेजको विमानमा नेपाल फर्किएकी थिएँ। घर फर्किएपछि साथीसंगी, आफन्तसँग घुमफिर, भेटघाटमा व्यस्त भएँ। काठमाडौँकी प्रसिद्धि श्रेष्ठलाई कोरोना संक्रमण देखियो। म पनि त्यही विमानमा सवार थिएँ। संक्रमणको जोखिम भएकाले

परीक्षणका लागि मेरो स्वाब संकलन गरियो। त्यतिबेला मेरो अवस्था सामान्य थियो। चैत १५ मा मलाई कोरोना संक्रमण रहेको पुष्टि भयो। त्यसपछि मलाई धौलागिरी अञ्चल अस्पताल बागलुङमा भर्ना गरियो। त्यहाँको आइसोलेसन कक्षमा एक्लै दिन बिताउन थालेँ। ती २८ दिन सकसपूर्ण रहे। निकै कठिन पनि। जीवनका १९ वसन्त कसरी पार भए ? त्यति धेरै सम्झना छैन, तर कोरोना संक्रमण पुष्टि भएपश्चात् आइसोलेसनका २८ दिन मेरा लागि १९ वर्षभन्दा लामो भएजस्तो लाग्यो। बाहिर संसार भनेको झ्यालबाट शहर चियाउनेबाहेक अर्को कुनै दृश्य देख्न पाइनँ। त्यो पीडा शब्दमा बयान गर्न सकिँदैन।

जीवनको त्यो कठिन परीक्षा र अवस्थालाई जित्छु भन्ने सोच थियो। आमाबुबादेखि हस्पिटलका स्वास्थ्यकर्मीसम्म सबैको हौसला र साथ पाएँ। मोबाइल दिनरातको साथी बन्यो। डाक्टर र नर्सको साथले २८ दिनमा कोरोनालाई जितेर घर फर्किन सफल भएँ। कोरोनाको औषधि अहिलेसम्म पत्ता लागेको छैन। औषधि पत्ता नलागेको हुनाले सुरुमा केही डर पनि लाग्यो। उच्च मनोबल, धैर्य राख्दै खानपानमा विशेष ख्याल गरियो भने यसले नै औषधिको काम गर्दो रहेछ।

आमाबाबाले फोनमा कुराकानी गरिरहनुहुन्थ्यो। हौसला दिइरहनुहुन्थ्यो। ‘तिमी छिट्टै ठीक हुन्छौ, नआत्तिनू’ भन्नुहुन्थ्यो। सम्झाइरहनुहुन्थ्यो। मेरो उच्च मनोबलका कारण डाक्टर पनि म निको हुनेमा विश्वस्त थिए। तर, सुरुको चार वटा रिपोर्ट पोजिटिभ आउँदा केही झस्किएको थिएँ। तर, उच्च मनोबलकै कारण कोरोना जितेर घर फर्किन सफल भएँ। पाँचाँै र छैटाँै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएँ। मलाई लाग्छ– कोरोना भाइरसको औषधिको नाम मनोबल हो।

जिल्लाको पहिलो र नेपालको पाँचौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा २८ दिनपछि निको भएर घर फर्किएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News