
काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे ।
यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको द लिडर नेपाल लाई बताए । साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनायो ।
हिन्दी गीतमा रिस्ताको अभिनय
काठमाडौं : पछिल्लो समय भारतमा टिकटक हुँदै म्युजिक भिडियोमा आएका मोडल मञ्जुल खट्टरसँग एउटा भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन्।
फागुनमा पोखराका विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ‘साथीया तेरे बिना’ गीतको भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ। हिन्दी भाषाको गीतको छायांकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुसी देखिन्थे।छायांकन सकिएपछि मञ्जुलले नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया दिएका थिए। नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यही गीतको छायांकनको लागि पहिलो पटक नेपाल आएका थिए। उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन्।
टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा उत्तिकै व्यस्त छन्। गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ। गीतमा शब्द सञ्जीव पाण्डेको छ भने संगीत पुनित पाण्डेले दिएका छन्। हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरेका छन्। तत्कालीन समयमा नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाललाई टेवा पुग्ने उद्देश्यले भिडियो तयार गरिएको सम्राटले बताए।‘हामीले नेपालकै सुन्दर नगरी पोखराको मनोरम दृश्यलाई समेटेका छौं। यो भिडियोमार्फत भिजिट नेपाललाई टेवा पुगोस् भन्ने चाहेका थियौं। पछिल्लो समय कोरोना भाइरसका कारण त्यो रद्द भयो तर भिडियोले नेपालको सुन्दरता धेरै दर्शक समक्ष पु¥याउँछ’, सम्राटले भने।
फिल्म ‘यात्रा’ मार्फत निर्देशनमा आएका सम्राटको यो पहिलो भिडियो निर्देशन हो। भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, कमल राईको नृत्य निर्देशन, अर्जुन जीसीको सम्पादन, रेनिश फागोको कलर करेक्सन, वसन्त घर्तीमगरको भीएफएफ्क्स, यादव पौडेलको प्रोडक्सन र सुरेश न्यौपानेले सहायक निर्देशन गरेका छन्।