काठमाडौं : व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्‍यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले

पक्राउ गरेको हो। काठमाडौं परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धिकरण मुद्दामा पुनःपक्राउ गरिएको हो। परिसरको टोलीले अग्रवाललाई शुद्धिकरण विभाग पुलचोकमा बुझाएको छ।२५ लाख ५० हजार धरौटीमा काठमाडौं जिल्ला अदालतबाट रिहा भए लगत्तै पक्राउ गरेर सम्पत्ति शुद्धिकरण विभाग पुलचोकमा बुझाएका छौँ’, बोगटीले भने, ‘अब जे गर्छ सम्पत्ति शुद्धिकरण विभागले नै गर्छ।’

जिल्ला अदालतमा व्यवसायी सुलभ अग्रवाल । तस्बिर : सुनिता डंगोल

तत्काल कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न निर्देशन
हेटौंडा : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्ने ब्यवस्था मिलाउन सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नजिता प्रकाशन पश्चात सामाजिक दुरी कायम गरेर उपयुक्त बैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको ब्यवस्था गर्न पनि विद्यालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । साथै विद्यार्थी भर्नापछि पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

बन्दाबन्दीको समयसम्म घरमै बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण निर्माणको लागि दुरशिक्षा कार्यक्रम, अनलाइन र अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागी गराउन उनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News