भैरहवा– रुपन्देहीमा घुससहित दुई जना पक्राउ परेका छन्। सम्मरीमाई गाउँपालिका वडा नं. ५का वडा अध्यक्ष र बुटवल उच्च सरकारी वकिल कार्यालयका कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुससहित पक्राउ गरेको हो। वडा अध्यक्ष

श्रवणकुमार यादवलाई विशेष सूचनाको आधारमा वडा कार्यालय नजिकै स्थानीयको चारकिल्ला सिफारिसका लागि नगद सत्तरी हजार रुपैयाँ लिदै गर्दा रंगेहात दिउँसो १२:३० बजे पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए। त्यस्तै, आयोगको कार्यालयबाट खटिएको टोलीले बुटवलस्थित सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी महेन्द्र यादवले बन्दी प्रत्यक्षीकरणमा सहयोग र सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा रंगेहात पन्ध्र हजार रुपैयाँसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भुषालले बताए। यादवलाई उच्च अदालत बुटवलअगाडी खाजा पसलबाट दिउँसो १ बजे नियन्त्रणमा लिइएको हो। घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले द्वयलाई पक्राउ गरी थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको कार्यालयले जनाएको छ।

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भएको बताए। अब गौतमलाई मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ।

राष्ट्रियसभा सदस्यको हैसियत प्रतिनिधिसभा सदस्य बराबर हुनेगरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भएपनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडी नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो। कार्यदल बनाएको विषयमा पार्टी भित्र र बाहिरबाट विरोध भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News