काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमल बिहीबार भर्न लागेको काठमाडौं–कोरिया चार्टर उडान अकस्मात् स्थगित भएको छ । यसअघि बिहीबार का लागि निश्चित भइसकेको उडान गैआवासीय नेपाली संघ (एन

आरएनए)ले नेपालबाट पठाउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण हुनुपर्ने माग गरेपछि तत्कालका लागि स्थगित भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी हुन् ।उनले निगमको २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमार्फत भर्न लागिएको काठमाडौं–दक्षिण कोरिया चार्टर उडान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताइन् । बिहीबारका लागि उडान निश्चित भइसकेको भए पनि एक्कासि उताबाट स्वास्थ्य परीक्षणको माग आएपछि तत्कालका लागि तयारी अवस्थामा रहेको उडान नै स्थगित गरिएको उनको भनाइ छ । प्रवक्ता खड्काले भनिन्, ‘अब उनीहरूको मागअनुरूप कोरिया जाने सबै यात्रुको स्वास्थ्य परीक्षण भएलगत्तै पुनः यो उडान हुनेछ ।’ अहिलेको यस उडानबाट करिब १ हजार ३ सय जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पु-याउने तयारी भएको थियो ।रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया पुगेर विभिन्न कामले घर बिदामा आएर पुनः आफ्नो काममा फर्किन लागेका नेपाली कामदार लैजान निगमको विमान चार्टर उडानको तयारी भइरहेको थियो ।

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया पुगेर विभिन्न कामले घर बिदामा आएर पुनः आफ्नो काममा फर्किन लागेका नेपाली कामदारलाई लैजानका लागि निगमको विमान चार्टर उडानका लागि तयारी भएको थियो । यस्तो अवस्थामा अब दक्षिण कोरिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्नुपर्ने भएकाले अहिलेको यस उडान रोकिएको निगमले जनाएको छ ।यसरी हचुवाको भरमा गरिएको निणर्यले अहिले दक्षिण कोरिया जाने तयारीमा रहेका कामदारलाई थप अन्योल बनाएको छ । जसका कारण बिहीबारकै उडानमा जान गत दुई÷तीनदिनदेखि आफ्नो घरबाट पैदल हिँडेका कामदारलाई निकै समस्या भएको छ । घर छोड्नेमध्ये केही बुधबार नै काठमाडांै आइसकेका छन् भने कोही काठमाडौं आउनेक्रममा विभिन्न गन्तव्यमा रहेका छन् । हचुवाको निणर्यले दक्षिण कोरिया जानुपर्ने नेपाली कामदार मुलुकका विभिन्न ठाउँमा रहेकाले अहिले उनीहरूलाई स्वास्थ्य परीक्षण मात्र नभएर भनेको बेला काठमाडौं आइपुग्नसमेत निकै समस्या हुने सम्बन्धित सरोकारवालाको भनाइ छ ।

गैरआवासीय नेपाली संघको सक्रियातामा निगमको वाइडबडी विमान चार्टर गरेर बिदामा घर फर्किएका नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने तयारी भएको थियो । यसअघि विभिन्न समयमा ईपीएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई जतिसक्दो छिटो श्रम गन्तव्यमा पु¥याउन संघले निगमको विमान चार्टरको व्यवस्था मिलाएको थियो ।गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोरोना भाइरस (कोभिड–१९) को उच्चस्तरीय समितिका संयोजकसमेत रहेका कुमार पन्तका अनुसार दक्षिण कोरिया जान भिसासहित सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी नेपालमा रोकिएका करिब १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पु¥याउन निगमको वाइडबडी विमान चाटर्ड गर्ने प्रक्रिया संघले अघि बढाएको थियो । यसअघि वाइडबडी विमान कोरिया पठाउन निगमसँग आवश्यक सबै कानुनी प्रक्रिया पूरा भइसकेर बिहीबार उड्ने तयारी भएको थियो । संघका अनुसार पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहित गत मंगलबार प्रारम्भिक सम्झौता गरेको थियो ।

निगमको विमान चार्टर गर्न आवश्यक २ करोड रुपैयाँको ग्यारेन्टी संघले नै बस्ने तयारी भएको थियो । अन्तर्राष्ट्रिय उडानसम्बन्धी सम्पूर्ण प्रक्रिया र श्रमिकहरूको स्वास्थ्य चेकअपको काम पूरा भए आगामी साताभित्रै निगमको विमान नेपाली कामदार बोकेर दक्षिण कोरिया उड्ने सो संघले जनाएको छ । गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई दक्षिण कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो । जसका लागि संघका अध्यक्ष पन्तले दक्षिण कोरियामा रहेका नेपाली कामदार नेपाल फर्काउन पनि उचित वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरिएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा हालसम्म करिब ६५ हजार ७ सय जनाभन्दा बढी पुगेका छन् । दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत नेपाली कामदार लैजान थालेको हो । त्यहाँ कृषि र औद्योगिक क्षेत्रमा नेपाली श्रमिक जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News